वीरगन्ज पुगेर गृहमन्त्री लेखकद्वारा हैजा प्रभावित बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी
प्रकाशित मिति: आइतबार, भाद्र १५, २०८२ | १२:५३:३३
चितवन, १५ भाद्र । गृहमन्त्री रमेश लेखकले शनिबार साँझ पर्साको वीरगन्ज पुगेर हैजाबाट प्रभावित बिरामीहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । उनले नारायणी अस्पताल, तराई अस्पताल र वीरगन्ज हेल्थकेयरमा भर्ना भएकाहरूको उपचारप्रक्रिया अवलोकन गरेका हुन् ।
गृह मन्त्रालयका अनुसार गृहमन्त्री लेखकले हैजा नियन्त्रणका लागि सरकार गम्भीर रहेको उल्लेख गर्दै नेपाली सेना सहित तीनै सुरक्षा निकायलाई खटाइने बताए । माग भएमा अस्पताललाई तत्काल जनशक्ति र औषधि उपलब्ध गराउने आश्वासनसमेत उनले दिए । साथै, महामारीलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याउन विशेषज्ञसँग परामर्श गरेर मूल कारण पहिचान गर्नुपर्नेमा उनले जोड दिए ।
प्रकाशित मिति : आइतबार, भाद्र १५, २०८२ |
१२:५३:३३
3631























