थियानजिनमा ओली–चिङ वार्ता, आपसी हितका विषयमा छलफल
प्रकाशित मिति: आइतबार, भाद्र १५, २०८२ | १७:१३:५२
चितवन, १५ भाद्र । साङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच आज
दुईपक्षीय भेटवार्ता भएको छ। चीनको थियानजिनमा सम्पन्न भेटमा दुई देशबीचका आपसी हितका विषयमा छलफल भएको बताइएको छ।
प्रकाशित मिति : आइतबार, भाद्र १५, २०८२ |
१७:१३:५२
2883



















