एमाले केन्द्रीय सचिवालय बैठक आज च्यासलमा बस्दै
प्रकाशित मिति: बिहिबार, भाद्र १९, २०८२ | ९:१३:२३
चितवन, १९ भाद्र । नेकपा एमालेले आज अपराह्न ३ बजे च्यासलस्थित पार्टी कार्यालयमा केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ। बैठकले आगामी दोस्रो विधान महाधिवेशनका तयारीबारे विस्तृत छलफल गर्नेछ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भदौ २० देखि २२ गतेसम्म आयोजना हुने महाधिवेशनमा २ हजार ३५० जना सहभागी हुने तय भएको छ। सहभागीमध्ये २ हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य रहनेछन्।
प्रकाशित मिति : बिहिबार, भाद्र १९, २०८२ |
९:१३:२३
2619



















