भ्रष्टाचारविरोधी आन्दोलनपछि बानेश्वर क्षेत्रमा कर्फ्यू जारी
प्रकाशित मिति: सोमबार, भाद्र २३, २०८२ | १३:०८:१०
चितवन,२३ भाद्र । जेन-जी पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा गरेको आन्दोलन तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले बानेश्वर आसपास कर्फ्यू जारी गरेको छ। माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल क्षेत्रलाई समेटेर राति १० बजेसम्मका लागि कर्फ्यू आदेश लागू गरिएको हो। विहानैदेखि जेन-जी पुस्ताले ती क्षेत्रमा प्रदर्शन सुरु गरेका थिए।
प्रकाशित मिति : सोमबार, भाद्र २३, २०८२ |
१३:०८:१०
2443


















