बुटवल, भैरहवा र इटहरीमा प्रशासनले कर्फ्यू लगायो
प्रकाशित मिति: सोमबार, भाद्र २३, २०८२ | १७:५८:०३
चितवन,२३ भाद्र । बुटवल र भैरहवामा आन्दोलन हिंसात्मक रूप लिएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार आज साँझ ४ बजेदेखि राति १० बजेसम्मका लागि दुवै शहरका विभिन्न क्षेत्रमा कर्फ्यू लागू गरिएको हो।
त्यसैगरी, सुनसरीको इटहरीमा ‘जेन-जी’ प्रदर्शन दौरान २ जनाको मृत्यु र उपमहानगरपालिकाको कार्यालयमा आगजनी भएपछि स्थिति असामान्य बनेको थियो। अवस्था नियन्त्रणमा लिन स्थानीय प्रशासनले इटहरीमा पनि कर्फ्यू लगाएको छ।
यसबीच, जेन-जी युवाहरू उपमहानगरपालिका कार्यालय परिसर र वरपरका क्षेत्रमा निरन्तर प्रदर्शन गरिरहेका छन्।
प्रकाशित मिति : सोमबार, भाद्र २३, २०८२ |
१७:५८:०३
2751


























