जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, परिवारलाई १०–१० लाख क्षतिपूर्ति दिने निर्णय
प्रकाशित मिति: आइतबार, भाद्र २९, २०८२ | १७:२७:२८
चितवन, २९ भाद्र । जेनजीको आन्दोलनमा ज्यान गुमाएकाहरुलाई सरकारले शहीद घोषणा गरी उनीहरुका परिवारलाई १०/१० लाख रुपैयाँको दरले राहत दिने भएको छ ।
आज पदभार ग्रहण गर्दै अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यो निर्णयमा हस्ताक्षर गरेकी हुन् ।
प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रमको अवसरमा मुख्यसचिव एकनारायण अर्यालले आन्दोलनका क्रममा ज्यान गुमाएकाको परिवारलाई १०/१० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।
जेनजी आन्दोलन र प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ७२ जना पुगेका छन् । मुख्यसचिव अर्यालका अनुसार एक सय ९१ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र २९, २०८२ |
१७:२७:२८
2069















