चितवनको चुम्लिङटारमा ट्रक दुर्घटना, एकजना घाइते
प्रकाशित मिति: शनिबार, आश्विन ११, २०८२ | ११:०९:१२
चितवन, ११ असोज । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा आज बिहान दुई ट्रक आपसमा ठोक्किँदा एक चालक घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार दुर्घटनापछि केही समय सवारी आवागमन अवरुद्ध भए पनि हाल सडक एकतर्फी सञ्चालनमा आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : शनिबार, आश्विन ११, २०८२ |
११:०९:१२
4951



















