राष्ट्रिय सहमतिबाट मात्रै सङ्कटको समाधान गर्न सकिन्छ : प्रचण्ड
प्रकाशित मिति: शुक्रबार, आश्विन २४, २०८२ | १४:३६:१७
चितवन, २४ असोज । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकले सामना गरेका राजनीतिक सङ्कट राष्ट्रिय सहमतिबाट मात्रै समाधान गर्न सकिने बताएका छन् । आज ललितपुरमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तर्क्रियामा उनले विगतमा पनि राष्ट्रिय सहमति र समझदारीबाटै समाधान भएको स्मरण गराउँदै वर्तमान सङ्कटको निकास पनि त्यही बाटोबाट खोज्नुपर्ने बताए ।
हालको अवस्थालाई भयानक एपिसोडको संज्ञा दिँदै उनले यसबाट पार पाउन सबै दलहरूले अहङ्कार र व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिए । प्रचण्डले देशको स्वतन्त्रता, अस्मिता र स्वाधीनताको रक्षाका लागि सबै राष्ट्रवादी, लोकतन्त्रवादी र देशभक्त शक्तिहरू एक हुनुको विकल्प नभएको बताए ।
प्रकाशित मिति : शुक्रबार, आश्विन २४, २०८२ |
१४:३६:१७
4863



















