मानसिक स्वास्थ्य दिवसको अवसरमा सचेतना कार्यक्रम
चितवन, २४ असोज । चितवनको खैरहनिमा मानसिक स्वास्थ्य दिवसको अवसरमा मानसिक स्वास्थ्य तथा सुस्वास्थ सम्बन्धि सचेतना मुलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । दिवसको दिन लायन्स क्लब अफ चितवन इस्ट ,लायन्स क्लब चितवन राप्ती र लियो क्लब अफ चितवन इस्टको सयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । लायन्स क्लबका जोन चियर पर्सन रक्की खरेलको अध्यक्षता तथा लायन्स क्लब अफ ३२५ डिस्ट्रिक आर नेपालका प्रथम भाइस डिस्ट्रिक एमजेएफ प्रभाकर पण्डितको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
शिक्षक,प्रहरी , सहकारीका प्रतिनिधि सहभागी कार्यक्रममा मानसिक रोग विशेषज्ञ डाक्टर सृजना भुर्तेलले बिपद वा तनाब पुर्ण घटनापछी सामान्य अवस्थामा फर्कनका लागि सहकार्यका बिषयमा सहजीकरण गरेको लायन्स क्लब अफ चितवन इस्टका अध्यक्ष अर्जुन लम्सालले जानकारी दिए । पछिल्लो समय मानसिक अवस्था बिकराल बन्दै गएकाले त्यसका लागि सामाजिक परिबेश राम्रो बनाउने उदेश्यले कार्यक्रम गरिएको क्लबका पुर्व अध्यक्ष केएन सिलवालले बताए । बुद्धिराज डल्लाकोटि,जगत बहादुर पाण्डे,भिम बहादुर पाण्डे लगायत पनि उपस्थित थिए ।























