संसद् पुनःस्थापनाका लागि एमाले र कांग्रेस दुवै पक्षबाट सक्रिय पहल
प्रकाशित मिति: सोमबार, कार्तिक २४, २०८२ | ८:३९:१३
चितवन, २४ कार्तिक । एमालेले संसद् पुनःस्थापनाका सवालमा अदालतमा रिट दायर गर्ने तयारी गरिरहेका बेला कांग्रेसका तत्कालीन सांसदहरूले पनि हस्ताक्षर संकलनको पहल सुरु गरेका छन् ।
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी रिटका प्रारम्भिक बहसका क्रममा प्रत्यक्ष सरोकारवाला सांसदहरूले रिट दिएको वा नदिएको प्रसंग उठेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा सांसदका तर्फबाट रिट पेश गर्ने तयारी अघि बढाइएको हो ।
यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार प्रतिनिधिसभामा तत्कालीन कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले हस्ताक्षर अभियान सुरु गरिसकेका छन् । घिमिरेका अनुसार आइतबारसम्म ३५ जना सांसदले हस्ताक्षर गरिसकेका छन् ।
प्रकाशित मिति : सोमबार, कार्तिक २४, २०८२ |
८:३९:१३
1871



















