प्रतिनिधि तथा राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता खुला
प्रकाशित मिति: शुक्रबार, कार्तिक २८, २०८२ | १५:११:०५
चितवन, २८ कार्तिक । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता प्रक्रिया सुरु गर्न आह्वान गरेको छ।
आयोगले शुक्रबार जारी गरेको बेग्लाबेग्लै सूचनामा प्रतिनिधि सभाका लागि मंसिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मंसिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न सकिने जनाएको छ।
दल दर्ताका क्रममा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता भएको मिति सहितका आवश्यक कागजातहरू अनिवार्य रूपमा पेश गर्न आयोगले निर्देशन दिएको छ।
आगामी निर्वाचन अनुसार, प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गते र राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गते हुने तय भएको छ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक २८, २०८२ |
१५:११:०५
1563



















