मेगा पोलिक्लिनिकले मनायो स्थापना दिवस
चितवन । पूर्वीचितवनको खैरहनीमा रहेको मेगा पोलिक्लिनिक प्रा.लिले आफ्नो स्थापना दिवस मनाएको छ । पोलिक्लिनिकले शुक्रबार एक कार्यक्रम गरि आफ्नो १७ औं स्थापना दिवसको मनाएको हो । सो अवसरमा चिकित्सक र कर्मचारीलाई सम्मान गरेको छ । स्थापना दिवसको अवसरमा हाडजोर्नी , नसा तथा बाथ रोग विशेषज्ञ डा.सुदिपमान वैद्यलाई सम्मान गरिएको थियो । प्रा.लिको स्थापनाकाल देखीनै संस्थालाई साथ सहयोग र सहकार्य गर्दै आएकोमा डा.वैद्यलाई सम्मान गरिएको प्रा.लिका संचालक विनोद नेपालले जानकारी दिए । सोहि अवसरमा मेगा पोलिक्लिनिकमा लामो समयदेखी कार्यरत अरुण चौधरीलाई समेत सम्मान गरिएको छ ।
स्थापना दिवसको अवसरमा कार्यक्रममा प्रा.लिसँग सहकार्य गर्दै आएका विभिन्न चिकित्सक , स्वास्थ्यकर्मी र कर्मचारीहरुको उपस्थिति रहेको थियो । १६ बर्षदेखी पर्सा बजारमा सेवा दिदै आएको पोलिक्लिनिकमा सेवाहरु थप गर्दै लगिएको र विरामीहरुको सहजताको लागि विशेषज्ञ चिकित्सकहरुलाई पर्सामै भेट्न मिल्ने व्यवस्था मिलाउदै लगेको संचालक नेपालले बताए ।






















