आजदेखि प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार–प्रसार सुरु
प्रकाशित मिति: सोमबार, फाल्गुण ०४, २०८२ | १०:२४:००
चितवन, ०४ फाल्गुण । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा प्रचार–प्रसार सुरु भएको छ।
अब उम्मेदवार तथा राजनीतिक दलहरूले जुलुस, आमसभा, कोणसभा आयोजना गर्न सक्नेछन् भने सञ्चारमाध्यममार्फत आफ्ना निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न पनि पाउनेछन्।
निर्धारित व्यवस्थाअनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म प्रचार–प्रसार गर्न पाइनेछ। सो अवधिभित्र दल र उम्मेदवारहरूले आचारसंहिताको पालना गर्दै मतदातासमक्ष आफ्नो एजेन्डा प्रस्तुत गर्न तथा मत माग्न सक्नेछन्।
निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्राथमिकतामा राख्दै आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि आयोगले विभिन्न अनुगमन संयन्त्रसमेत परिचालन गरेको जनाएको छ।
प्रकाशित मिति : सोमबार, फाल्गुण ०४, २०८२ |
१०:२४:००
3609



















