संसदलाई पारदर्शी र पहुँचयोग्य बनाउने प्रतिबद्धता: सभामुख अर्याल
प्रकाशित मिति: शुक्रबार, बैशाख ०४, २०८३ | १३:१०:०१
चितवन, ०४ बैशाख । सभामुख डोलप्रसाद अर्याल ले संसदीय गतिविधिलाई अझ सरल, पारदर्शी र सहज पहुँचयोग्य बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
आज सिंहदरबार मा आयोजित पत्रकारसँगको अन्तर्क्रियामा बोल्दै उनले आफू सहजै पहुँच दिने व्यक्तिको रूपमा रहेको उल्लेख गरे। उनले विगतका केही पुराना नजिरलाई छाडेर समय र समाजको आवश्यकताअनुसार नयाँ अभ्यास स्थापना गर्ने धारणा पनि राखे।
संसद् कक्ष साँघुरो भएको स्वीकार गर्दै उनले भने, ‘अहिले छुट्टै संसद् भवन नभएकाले बैठक कक्ष सानो छ, जसले केही व्यवस्थापकीय समस्या ल्याएको छ। उचित व्यवस्थापन भएपछि यी समस्या समाधान हुनेछन्।’
सभामुख अर्यालले नागरिक र सञ्चारकर्मीका लागि संसद्लाई अझ खुला, सहज र मैत्रीपूर्ण बनाउने योजनाबारे पनि जानकारी दिएका छन्।
प्रकाशित मिति : शुक्रबार, बैशाख ०४, २०८३ |
१३:१०:०१
881
























