नेपाली कांग्रेस को नीति–अनुसन्धान प्रतिष्ठानमा ३९ सदस्य थप
प्रकाशित मिति: बुधबार, बैशाख २३, २०८३ | ११:०१:३४
चितवन, २३ बैशाख । नेपाली कांग्रेस को केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ जना सदस्य थप गरिएको छ। पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्मा ले मंगलबार उनीहरूलाई नियुक्त गरेका हुन्।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) अनुसार विभिन्न क्षेत्र र भूगोलको प्रतिनिधित्व सुनिश्चित हुने गरी सदस्यहरू नियुक्त गरिएको हो।
प्रकाशित मिति : बुधबार, बैशाख २३, २०८३ |
११:०१:३४
353






















