सरकारी कार्यालयमा आजदेखि सरसफाइ सुरु
प्रकाशित मिति: सोमबार, बैशाख २८, २०८३ | १३:४१:२४
चितवन, २८ बैशाख । सरकारले सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री बनाउन आजदेखि सरकारी कार्यालयहरूमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन सुरु गरेको छ । यो अभियान जेठ १ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी निकायमा सञ्चालन हुनेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विशेष मार्गदर्शनअनुसार अभियानको औपचारिक शुभारम्भ आज बिहान ८ः३० बजे Bir Hospitalबाट गरिनेछ ।
मार्गदर्शनमा सरकारी कार्यालयहरूमा सफाइ, फोहोर व्यवस्थापन, शौचालय सुधार, सूचना प्रणाली व्यवस्थित गर्ने तथा सेवाग्राहीमैत्री वातावरण निर्माण गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।
प्रकाशित मिति : सोमबार, बैशाख २८, २०८३ |
१३:४१:२४
1

















