रास्वपाको केन्द्रीय समिति बैठक बुधबार बस्ने
प्रकाशित मिति: मंगलबार, बैशाख २९, २०८३ | ११:१९:००
चितवन, २९ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वैशाख ३० गते बुधबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक बिहान ९ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनसहित विभिन्न समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको उनले जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, बैशाख २९, २०८३ |
११:१९:००
221

















