चितवनमा बस्ती पसेको बाघको आक्रमणबाट ६० वर्षीय घाइते
प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३ | १४:४६:०६
चितवन, ३१ साउन । चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा पसेको बाघको आक्रमणबाट ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन्।
आज बिहान करिब ६:४० बजे बस्तीमा आएको बाघले अधिकारीमाथि आक्रमण गर्दा उनको तिघ्रामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। उनको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ।
बाघले स्थानीय दिला कुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत आक्रमण गरी घाइते बनाएको थियो।
बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित खटिएको टोलीले खोजतलास गर्ने क्रममा बिहान ११:२७ बजे बाघलाई नियन्त्रणमा लिएको छ।
प्रकाशित मिति : आइतबार, साउन ३१, २०८३ |
१४:४६:०६
155






















