त्रिशुलले हानेर पश्चिम दाङमा एक जनाको हत्या
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७ | ११:४०:०४
हापुरे,३० जेठ ।
पश्चिम दाङमा त्रिशुलले हानेर एक व्यक्तिको हत्या गरिएको छ । बबई गाउँपालिका–३ धनुमास निबासी २८ बर्षका बालीराम वलीले सोही ठाउँ निबासी ४७ बर्षका नारायण डाँगीलाई फलामको त्रिशुलले हानेर हत्या गरेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिए ।
त्रिशुल प्रहारबाट घाइते डाँगीको उपचारका लागि तुलसीपुर लग्दै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटना आज बिहान सवा ७ बजे भएको थियो । हत्याको आरोप लागेका वली पनि घाइते भएको र उनको पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । वलीको प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : शुक्रबार, जेठ ३०, २०७७ |
११:४०:०४
4159



















