शुक्रबार कुवेतबाट थप १ सय ४९ जना नेपाल आइपुगे
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७ | १५:३०:३८
काठमाडौं,३० जेठ
कुवेतबाट शुक्रबार थप १ सय ४९ जना नेपाली स्वदेश फर्किएका छन् । जसमा २ वर्षभन्दा मुनिका ७ जना बच्चा रहेका छन् । यस्तै, १२ वर्षभन्दा कम उमेरका अन्य २ बालबालिका र १४० जना महिला रहेका छन् । कुवेतको जजिरा विमानले उनीहरुलाई नेपालसम्म ल्याएको हो । आम माफी पाएका नेपाली कामदारलाई स्वदेश फर्काउने निर्णय अनुसार कुवेत सरकार आफैले उनीहरुलाई नेपाल ल्याइदिएको हो ।
बिहीबार मात्रै कुवेतबाट २ सय ९९ जना नेपाली महिला कामदार स्वदेश आएका थिए । विदेशमा रहेका अलपत्र आफ्ना नागरिकलाई स्वदेश फर्काउने सरकारको निर्णय गरिसकेको छ
प्रकाशित मिति : शुक्रबार, जेठ ३०, २०७७ |
१५:३०:३८
4819



















