बारामा आगलागी हुँदा सात फुसको घर जलेर नष्ट
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७ | १७:३४:०९
वीरगञ्ज, ३० जेठ ।
शुक्रबार बाराको कलैयास्थित मोतीबागमा आगलागी हुँदा सात वटा फुसको घर जलेका छन् ।
बाराका डीएसपी गौतम मिश्रका अनुसार कलैया उपमहानगरपालिका–३ मोतीबागमा आगलागी हुँदा स्थानीय बेलदार माझी, बच्चा माझी, सन्तोष माझी, मनु माझी, महादेव माझी, बिकल माझी र खेनारी माझीको खरले छाएको घर जलेर नष्ट भएको हो ।
बेलदार माझीको खाना पकाउने चुलोबाट आगलागी हुँदा सात घर जलेर क्षति भएको उनले बताए । आगलागीबाट भण्डारण गरी राखेको अन्नपात, भाँडावर्तन, लत्ताकपडा गरी करिब एक लाख ५० हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको उनले बताए ।
प्रहरीको सहयोगमा कलैया उपमहानगरपालिकाको दमकलले करिब आधा घण्टाको समयमा आगलागी नियन्त्रणमा लिएको उनले बताए ।
प्रकाशित मिति : शुक्रबार, जेठ ३०, २०७७ |
१७:३४:०९
4423



















