सभामुख महराले राजीनामा दिए
प्रकाशित मिति: मंगलबार, आश्विन १४, २०७६ | १३:२९:२२
काठमाडौं ,१४ असोज।
यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । उनले उपसभामुखसमक्ष छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् ।
संसद सचिवालयकै एक कर्मचारीले सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।
प्रकाशित मिति : मंगलबार, आश्विन १४, २०७६ |
१३:२९:२२
6557




















