१६६ नेपाली ओमानबाट आज स्वदेश फर्किंदै
प्रकाशित मिति: सोमबार, आषाढ ०१, २०७७ | १२:२५:३८
काठमाडौं,१ असार
ओमानबाट समस्यामा परेका १६६ जना नेपाली आज स्वदेश फर्किंदै छन् । ओमानस्थित नेपाली दूतावासले सलाम एअरमार्फत त्यहाँ समस्यामा परेका १६६ जना नेपालीलाई स्वदेश फर्काउन लागेको हो ।
सरकारले तोकेको भन्दा सस्तो भाडा दरमा दूतावासले त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्ता हुने व्यवस्था मिलाएको बताएको छ ।
प्रकाशित मिति : सोमबार, आषाढ ०१, २०७७ |
१२:२५:३८
4467



















