तनहुँमा ट्रक र कार आपसमा ठोक्किँदा ३ जना घाइते
प्रकाशित मिति: बुधबार, आषाढ ०३, २०७७ | ११:५१:३८
तनहु,३ असार ।
जिल्लास्थित बन्दिपुर गाउँपालिका-१ नालामा कार र ट्रक एक आपसमा ठोकिँदा तीन जना घाइते भएका छन् ।
डुम्रेबाट पोखरातर्फ सुत्केरी लिन आउँदै गरेको ग १ च ६१६९ नम्बरको प्राइभेट कारलाई विपरित दिशाबाट गइरहेको ना ७ ख १५८१ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा ३ जना घाइते भएका अस्थायी ट्राफिक प्रहरी पोष्ट डुम्रेका ईन्चार्ज खेमराज रोकाले जानकारी दिए ।
बुधबार बिहान ५ः४५ बजे भएको दुर्घटनामा प्राइभेट कारमा सवार बन्दिपुर गाउँपालिका—३ खहरे बस्ने केयरसिङ कुँवर, सुभाष कुँवर र शैलजा कुँवर घाइते सबैलाई लक्ष्मी अस्पताल डुम्रेमा उपचारका लागि लगिएको छ भने ट्रक चालकलाई ट्राफिक प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डुम्रे पोष्टका ट्राफिक ईन्चार्ज रोक्काले बताए ।
प्रकाशित मिति : बुधबार, आषाढ ०३, २०७७ |
११:५१:३८
4137



















