मालपोत अधिकृतसहित ६ जना घुस लिएको आरोपमा पक्राउ
प्रकाशित मिति: बुधबार, आषाढ ०३, २०७७ | ११:५९:२१
काठमाडौ,३ असार
८ लाख ५० हजार रुपैयाँ घुस रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृत पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कंडेलसहित ६ जनालाई मंगलवार नियन्त्रणमा लिएको हो ।
मालपोतका कर्मचारीहरुले जग्गाको कित्ताकाट गर्न आदेश गराई दिए बापत सेवाग्राहीसँग घुसरकम माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा आयोग टंगालबाट खटिएको टोलीले मालपोत अधिकृत रघुवंश कंडेल, ना।सु। क्रमशः उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनाललाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।
प्रकाशित मिति : बुधबार, आषाढ ०३, २०७७ |
११:५९:२१
4225



















