कालापानीमा चट्याङ लागेर दुईजनाको मृत्यु
प्रकाशित मिति: बिहिबार, आषाढ ११, २०७७ | ११:५९:०९
मकवानपुर , ११ असार।
मकवानपुरमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउपालिका २ कालापानीमा बुधबार राति चट्याङ लागेर दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बर्षासँगै राति आठबजेतिर परेकोे चट्याङ लागी बकैया गाँउपालिका २ कालापानी निवासी अन्दाजी १७ बर्षिय सम्झना घिसिङ् र अन्दाजी बर्ष २५ कि बिना घिसिङ्को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यस्तै सोहि स्थानका १४ बर्षिय किरण जिम्वा घाइते भएका छन् । उनको दोभान स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, आषाढ ११, २०७७ |
११:५९:०९
5897



















