पोल्ट्री फर्मको सुलि ट्यान्कीमा डुबेर एकजना बेपत्ता
प्रकाशित मिति: शनिबार, आश्विन १८, २०७६ | १७:५३:३७
चितवन , १८ असोज
चितवनमा एक पोल्ट्री फर्मको सुलि ट्यान्कीमा डुबेर एकजना बेपत्ता भएका छन् । पुर्बीचितवनको खैरहनी नगरपालिका वडा नम्बर १ सिमघारी स्थिन खनाल पोल्ट्री फर्मको कुखुराको सुलि संकलन ट्यान्कीमा एकजना कामदार डुबेका हुन् ।
फर्ममा कार्यरत भरतपुर निवासी बर्ष ३८ को सुर्य बहादुर कार्की ट्यान्कीमा डुबेका हुन् । उनको खोजीकार्य जारी रहेको ईलाका प्रहरी कार्यालय खैरहनीका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, आश्विन १८, २०७६ |
१७:५३:३७
8163



















