विभिन्न देशबाट आज ६०७ जना नेपाली स्वदेश फर्किए
काठमाडौं,१५ असार ।
कोरोनाका कारण समस्यामा परेका नेपालीको उद्धार जारी छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सोमाबार मात्रै ६०७ जना स्वदेश फर्किएका छन् ।
स्वदेश फर्कने कोही चार्टर उडानमार्फत् आफैंले खर्च बेहोरेर स्वदेश फर्किएका छन् भने कोहीलाई त्यही देशको सरकारले निःशुल्क पठाएको
नेपाल एयरलाइन्समार्फत् सोमबार दोहाबाट १५१ जना र मलेसियाको क्वालालम्पुरबाट १३९ जना स्वदेश फर्किएका छन् । हिमालयन एयरलाइन्सबाट नै १५७ जना नेपाल फर्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
कुवेतबाट जजिरा एयरलाइन्समार्फत् १६० जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरूलाई कुवेत सरकारले निःशुल्क स्वदेश पठाइदिएको हो । उनीहरू आममाफी पाएर नेपाल फर्किएका हुन् ।
हिमालय र नेपाल एयरलाइन्सका चार्टर्ड जहाज सोमबारै ६ ठाउँमा नेपाली लिन जाने भएका छन् । हिमालयन एयरलाइन्स साउदीको दमाम र छाङ्सा गरी २ ठाउँमा जाँदै छ भने नेपाल एयरलाइन्सका ४ जहाज मलेसियाको क्वालालम्पुर, कतारको दोहा, यूएईको दुबई र कुवेत जाँदै छन् ।
फाइल तस्बिर



















