ललितपुरको हिरासतमा रहेका युवकले गरे आत्महत्या
प्रकाशित मिति: बुधबार, आषाढ १७, २०७७ | १३:१७:४७
काठमाडौं, १७ असार
जावलाखेलस्थित महानगरीय प्रहरी परिसर ललितपुरका हिरासतमा रहेका एक युवकले आत्महत्या गरेका छन्। बलात्कारको अभियोगमा ग्वार्कोबाट पक्राउ परेका २४ वर्षीय दुर्गेश यादवले बुधबार बिहान आत्महत्या गरेका हन्।
उनले हिरासत कक्षको तन्ना झ्यालमा बाँधेर आफु झुण्डिएका प्रहरीले जनाएको छ।
शारिरीक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको अभियोगमा उनी असार १४ गते पक्राउ परेका थिए।
बुधबार बिहान जावलाखेलस्थित महानगरीय प्रहरी परिसर ललितपुरको भवन उद्घाटन कार्यक्रम रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ४ तल्ले भवनको उद्घाटन गरेर मन्तव्य राखिरहँदा युवले आत्महत्या गरेका थिए।
प्रकाशित मिति : बुधबार, आषाढ १७, २०७७ |
१३:१७:४७
4291




















