दाङमा तीन दिनदेखि इनारमा फसेका युवकको मृत्यु
प्रकाशित मिति: बिहिबार, आषाढ १८, २०७७ | १४:५०:२३
काठमाडौं,१८ असार
दाङमा तीन दिनदेखि इनारमा फसेका युवक सुरज शाहको मृत्यु भएको छ। अछामको रामारोशन गाउँपालिका-३ घर भएका ३६ वर्षीय शाहको मृत्यु भएको हो।
शान्तिनगर गाउँपालिका-६ स्थित साथी विश्व आचार्यको घर दाङमा गएका बेला शाह तीन दिनअघि राति १० बजेर २३ मिनेटमा इनारमा खसेका थिए।
सशस्त्र प्रहरी बल नेपाल प्रदेशस्तरीय गोताखोर टोलीले इनारबाट उनको शव निकालेको छ ।
प्रकाशित मिति : बिहिबार, आषाढ १८, २०७७ |
१४:५०:२३
4093



















