मास्क नलगाई घरबाट निस्किए अब प्रहरीले पक्राउ गर्ने
प्रकाशित मिति: सोमबार, आषाढ २२, २०७७ | १६:०६:००
काठमाडौ,२२ असार
मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले अब पक्राउ गर्ने भएको छ । गृह मन्त्रालले मास्क नलगाई हिंड्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।
गृहमन्त्रालयले सोमबार ७७ वटा जिल्लामा नै लागू गर्नेगरी प्रहरी प्रधान कार्यालय नक्साललाई निर्देशन दिएको हो।
‘मानिस मास्क नलगाई हिंड्ने गरेकाले संक्रमण फैलिदै गएपछि यस्तो निर्देशन दिएका हौं,’ गृह मन्त्रालयलका उपसचिव उमाकान्त अधिकारीले भने।
सकारले असार १ गतेबाट लकडाउनको नयाँ मोडालिटी फेरेपछि खुलेका व्यापार व्यवसाय तथा सवारी साधनले गर्दा मानिसको चाप बढेको छ। काठमाडौं उपत्यकाभित्र संक्रमितको सङख्या फैलिदै गएको छ। त्यस्तै मन्त्रालयलले अनावश्यक रुपमा घरबाहिर ननिस्कन समेत अनुरोध गरेको छ।
प्रकाशित मिति : सोमबार, आषाढ २२, २०७७ |
१६:०६:००
4049



















