जलवीरे सडकमार्ग पहिरोको कारण अवरुद्ध
प्रकाशित मिति: मंगलबार, आषाढ २३, २०७७ | १०:३४:०३
सिन्धुपाल्चोक,२३ असार ।
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा पर्ने बलेफी जलवीरे सडकमार्ग पहिरोको कारण अवरुद्ध भएको छ । अरनिको राजमार्गअन्तर्गत पर्ने यो सडक पहिरोको कारण आज बिहानदेखि अवरुद्ध भएको हो ।
जलवीरे, ढाडे चनौटे, गुम्बा, पाङताङ, डल्लेपोख भेगका मानिसहरुले प्रयोग गर्ने सडक हो । उक्त सडक अवरुद्ध हुँदा बीच बाटोमा अलपत्र पर्नुपरेको सवारी चालक खेम प्रसाईंले बताएका छन् । आज रातिको भीषण वर्षाका कारण पहिरो गएको स्थानीयवासी बताउँछन् । पहिरोमा लेदो बगेर बाटो अवरुद्ध भएको हो । (रासस
प्रकाशित मिति : मंगलबार, आषाढ २३, २०७७ |
१०:३४:०३
5875



















