रुकुममा महिलालाई निर्घात कुट्ने सुरक्षाकर्मीमाथि कारवाही सुरु
सुनिल महर
रुकुम पश्चिमका,२५ असार
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा महिला माथी कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि नगरपालिकाले अनुसन्धान सुरु गरेको छ ।
गत जेठ १ गते छिमेकी जिल्ला जाजरकोटबाट मदिरा सेवन गरि आठबिसकोट तर्फ प्रवेश गर्न खोज्दा प्रवेश क्षेत्रमा राखिएको कोरोना भाइरस हेल्प डेस्कमा सोधपुछ गर्ने क्रममा महिला नेहा बिष्ट ले स्वास्थ्यकर्मी माथी उल्टै दुरव्र्यवहार गरेपछी प्रहरी र नगरप्रहरीको सहयोगमा नियन्त्रणमा लिई सुझाई बुझाई गर्ने क्रममा भएको कुटपिटको भडियो सामाजिक सञ्जालमा करिब २ महिना पछि भाइरल भएका कारण नगरपालिकाले अनुसन्धान सुरु गरेको हो ।
उक्त घटना जेठ १ गते भएको थियो । अहिले उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटना सार्वजनिक भएको हो । कोरोना महामरीको बेला बाहिरी जिल्ला बाट आएको हुनाले ९ नम्बर वडा को पुलबजारमा रहेको हेल्प डेस्कमा स्वास्थ्य कर्मी र सुरक्षाकर्मीले सोधपुछ गर्दा बिष्टले प्रहरी माथी दुब्र्यबहार गरेकी बताइएको छ । मदिरा सेवन गरेकी बिष्टलाई प्रहरी जवानहरुले नियन्त्रणमा लिन नसके पछि नगर महिला प्रहरी निर्मला बिक लाई बोलाएर नियन्त्रन मा लिइएको बताइएको छ । नियन्त्रणमा लिईसके पछि नगर प्रहरी उपशाखामा राखी सम्झाई बुझाई गर्ने क्रममा विष्टले नगर महिला प्रहरी निर्मला बि।क माथि हातपात गरेको । बिष्टकी दिदिले पानी मा भिजाएपछि मदिराले छोड्ने भन्दै पानीमा भिजाउन लगाएपछि पानीमा भिजाउने क्रममा बिष्टले आफुमाथि हातपात गरेपछि घटना सुरु भएको नगर प्रहरी बि।क को भनाई छ ।
त्यस पछि घटनाले उग्र रुप लिएको भिडियोमा देखाइएको छ । नगर प्रहरी निर्मला बि।क र अन्य प्रहरी जवानले विष्ट माथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । नियन्त्रणमा लिनुको साटो प्रहरीले उल्टै कुटपिट गर्नु निन्दनिय काम भएको सार्वजनिक भिडियोमा धेरैले टिप्पनी गरेका छन ।
यस्तै नगर महिला प्रहरी बिक, र इलाका प्रहरी कार्यालय आठबिसकोटमा कार्यरत प्रहरी जवानहरु शक्ती परियार,र आइते रावतलाई उक्त घटनाको अनुसान्धानका लागि जिल्ला प्रहरी कार्यालय रुकुम मा लगिएको छ । महिला कुटपिटमा संलग्न हवल्दार पृथ बहादुर आर्गि भने दुर्घटनामा घाइते भएर प्रहरी अस्पतालमा उपचाररत रहेका छन ।
पीडित महिलालाई पनि सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको प्रहरी नायब उपरिक्षक ठक बहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा संलग्नमाथि आन्तरिक छानविन थालिने छ ।
यसैबिच आठबिसकोट नगरपालिकाले उक्त घटनाका विषयमा प्रेश बिज्ञीप्ती निकालेको छ ।

त्यस्तै नगरपालिकाले भिडियो सार्वजनिक भएपछि आठविसकोट नगरपालिकाको नगर प्रहरीमा कार्यरत प्रहरी जवान निर्मला विक लाई सत्यतथ्य छानबिनका लागी अनुसन्धान अघि बढाईएको नगरप्रमुख गोर्ख बहादुर केसीले जानकारी दिनुभयो । यस घटनामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । निस्पक्ष छानबिन गरि दोसि ठहरिए पदबाट हटाई कानुनी कारबाही गरिने केसिले बताउनु भयो । मदिरा सेवन गरि होहल्ला गर्दा नियन्त्रणमा लिने क्रममा गलत ब्यवहार भएको कारण महिला प्रहरीलाई निलम्बन गरि उनि माथी अनुसन्धान गरी थप कारबाही अघि सारेको नगरपालिकाले जनाएको छ ।



















