सिन्धुपाल्चोकको बाह्रबीसेमा उद्धारका लागि हेलिकप्टर
प्रकाशित मिति: बिहिबार, आषाढ २५, २०७७ | १३:३९:२८
सिन्धुपाल्चोक,२५ असार
सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टर सहितको टोली घटनास्थल पुगेको छ ।
मौसम प्रतिकूलताले काभ्रेपलाञ्चोकको मंगलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको बाह्रबीसे जम्बु पुगेको हो ।
वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले हेलिकप्टर घटनास्थलमा पुगिसकेको र अब घाइतेको उद्धार थालिने जानकारी दिए ।
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० केन्द्रीय सदस्य माधव सापकोटा सहितको टोली हेलिकप्टर लिएर बाह्रबीसे पुगेको हो । गम्भीर घाइते २ जनालाई हेलिकप्टरबाट काठमाडौं लगिने जानकारी उनले दिए ।
सभामुख अग्निप्रसाद सापकोटासहित गएको हेलिकप्टर भने खराब मौसमका कारण धुलिखेलको आकाशबाट फर्किएको थियो ।
प्रकाशित मिति : बिहिबार, आषाढ २५, २०७७ |
१३:३९:२८
4181



















