पोखराको सराङकोटमा पहिरो जाँदा ५ को मृत्यु, ८ घाइते
प्रकाशित मिति: शुक्रबार, आषाढ २६, २०७७ | ११:३८:४२
पोखरा,२६ असार ।
पोखरा महानगरपालिका १८ सराङकोटमा पहिरो जाँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन । लगातार परेको भारी वर्षाको कारण पहिरो जाँदा एकै परिवारका पाचँ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पोखरा १८ का टंकबहादुर थापामगर, उनकी श्रीमती सोममाया थापामगर, नातीनि इशिका,नाती सुशाङ र एक पाहुना ९ पहिचान खुल्न नसकेको० को मृत्यु भएको हो ।
घाइते हुनेमा घरमा आएका पाहुना सरस्वती थापा तथा अर्का एक जना र टंकका छोरी पिंकी थापामगर, आशा थापामगर,रश्मी थापामगर,पिरिसा थापामगर र सुमन थापामगर घाइते भएका हुन ।
उनी हरुको उद्वारपछि उपचारको लागी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेको टंकका दाजु सोमबहादुर थापामगरले जानकारी दिए । घाइते मध्ये ५ जना गम्भीर अवस्था रहेको उनले बताए ।
प्रकाशित मिति : शुक्रबार, आषाढ २६, २०७७ |
११:३८:४२
5501



















