पहिरोका कारण देशका विभिन्न ठाउँ-ठाउँको सडक अवरुद्ध
प्रकाशित मिति: शुक्रबार, आषाढ २६, २०७७ | १३:५१:४१
काठमाडौं,२६ असार ।
पहिरोका कारण देशका विभिन्न ठाउँ-ठाउँको सडक अवरुद्ध भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २, सिमखेलास्थित भीमफेदी-काठमाडौं खण्डमा अविरल वर्षाका कारण पहिरो जाँदा २० मिटर दुवैतर्फी सडक अवरोध भएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।
प्यूठान, सरुमारानी गाउँपालिका ४, ठूलोघुम्तीस्थित भालुबाङ प्यूठान सडक(खण्डमा अविरल वर्षाका कारण पहिरो आई बिहानदेखि सडक पूर्ण रुपमा अवरोध भएको छ ।
यस्तै सिन्धुली, सुनकोसी गाउँपालिका २, कमेरे फाँटनजिक मरिण(लालबन्दी खण्डमा वर्षासँगै झरेको पहिरोले बीपी राजमार्गको दुवैतर्फी सडक अवरोध भएको छ । पहिरोले काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा।१०च ७८४७ नम्बरको कार भाग पुरिएको तथा सवार यात्रु सकुशल छन् ।
प्रकाशित मिति : शुक्रबार, आषाढ २६, २०७७ |
१३:५१:४१
4951



















