३३ किलो सुन प्रकरण : यूएईमा पक्राउ परेका आरोपितलाई काठमाडौं ल्याइयो
प्रकाशित मिति: शनिबार, आषाढ २७, २०७७ | १५:००:०९
काठमाडौं,२७ असार ।
३३ किलो सुन प्रकरणमा यूएईमा पक्राउ परेका एक जनालाई नेपाल ल्याइएको छ ।
इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा पक्राउ परेका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शनिबार (आज)काठमाडौं ल्याइएको भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलका बरिष्ठ प्रहरी उपरीक्षक रामकृपाल साहले बताए ।
उनका अनुसार खड्का काठमाडौं उत्रिएपछि गौशाला प्रहरीको जिम्मा लगाइएको छ । उनी गत विसं २०७५ माघमा यूएईमा पक्राउ परेका थिए ।
खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी भएको थियो । काभ्रे घर भएका ४२ वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए ।
प्रकाशित मिति : शनिबार, आषाढ २७, २०७७ |
१५:००:०९
3917



















