जाजरकोटमा उपचार नपाउँदा सुत्केरीको मृत्यु
प्रकाशित मिति: सोमबार, आषाढ २९, २०७७ | ११:२०:४४
जाजरकोट, २९ असार ।
जाजरकोटमा उपचार नपाउँदा सुत्केरीको मृत्यु भएको छ । अत्याधिक रक्तश्रावका कारण उनको मृत्यु भएको हो ।
जुनीचाँदे गाँउपालिका–३ की ३४ वर्षीया सिंह पुरीको सुत्केरी व्यथा लागेपछि बच्चा जन्माएलगत्तै रक्तश्रावका कारण ज्यान गएको परिवारले जनाएको थियो ।
सव पीडा भएपछि गाँउभन्दा टाढा रहेको स्वास्थ्य संस्थामा लिन घरमा कोही पनि नभएको अवस्थामा ,गाँउलेलाई खबर गर्न लाग्दालाग्दै ज्यान गएको छिमेकीले जनाएका छन ।
उहाँका अनुसार बच्चाको अवस्था भने अहिलेसम्म सामान्य रहेको छ ।
प्रकाशित मिति : सोमबार, आषाढ २९, २०७७ |
११:२०:४४
4159




















