पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग सञ्चालनमा
प्रकाशित मिति: सोमबार, आषाढ २९, २०७७ | १५:३१:२८
स्याङ्जा, २९ असार ।
अविरल वर्षाका कारण स्याङ्जाका विभिन्न भागमा गएको पहिरोले जनजीवन अस्तव्यस्त बनेको छ ।
पहिरोले १२ घण्टा अवरुद्ध बनेको स्याङ्जा—पोखरा र स्याङ्जा—वालिङ खण्डको सिद्धार्थ राजमार्ग अहिले खुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
पहिरोले ५ वटा घरमा क्षति पुुर्याएपछि करिब ४० जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको प्रहरीले जनाएको छ ।
पहिरोले स्थानीयको घर गोठका साथै दर्जनौ चौपाया मर्दा लाखौं मूल्य बराबरको क्षति पुुगेको स्याङ्जा प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, आषाढ २९, २०७७ |
१५:३१:२८
3587




















