चितवन मेडिकल कलेजमा झडप , प्रहरीद्धारा अश्रुग्याँस प्रहार
प्रकाशित मिति: आइतबार, कार्तिक ०३, २०७६ | १७:२१:३८
चितवन , ३ कार्तिक।
चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा झडप भएको छ । नाकको उपचार गर्न अस्पताल आएकी एकमहिलाको मृत्यु भएपछि मृतकको आफन्तहरु आक्रोशित भएका थिए ।
अस्पतालमा लापरबाही भएको भन्दै मृतकका आफन्तहरुले अस्पतालमा तोडफोड गरेका छन् । भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । विस्तृत विवरण आउन बाकीँ छ ।
प्रकाशित मिति : आइतबार, कार्तिक ०३, २०७६ |
१७:२१:३८
8625
























