चितवनमा ५८ प्रतिशत मत खस्यो , मतदान जारी
प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६ | १३:४८:४५
चितवन , १४ मंसिर।
उपनिर्वाचन अन्तर्गत चितवनको दुई स्थानिय तहको तिन वटा वडा भइरहेको मतदान मतदाताहरुको उत्साहजनक सहभागिता भइरहेको छ । चितवनमा अहिलेसम्म ५८ प्रतिशत भन्दा बढी मत खसिसकेको छ । भरतपुर १६ मा ५५ प्रतिशत , खैरहनी ४ मा ६७ प्रतिशत र खैरहनी ५ मा ५५ प्रतिशत मत खसेको छ ।
भरतपुर १६ मा कुल आठ हजार ४ सय ८१ मतदाता रहेकोमा अहिलेसम्म चार हजार १८ मत खसेको छ भने , खैरहनी ४ मा दुई हजार ६ सय ९२ मतदाता रहेकोमा एक हजार ८ सय २८ मत र खैरहनी ५ मा दुई हजार १ सय ११ मतदाता रहेकोमा एक हजार १ सय ७१ मत खसेको छ । मतदान भइरहेको वडाहरुमा ठूलो संख्यामा नेपाल प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका छन् ।
प्रकाशित मिति : शनिबार, मंसिर १४, २०७६ |
१३:४८:४५
4951






















