खैरहनी ४ मा पनि काङ्ग्रेसका बस्नेत बिजयी
प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६ | २३:२७:४३
चितवन , १४ मंसिर ।
चितवनको खैरहनी वडा नम्बर ४ मा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ । नेपाली काङ्ग्रेसबाट उम्मेदवार भएका देव बहादुर बस्नेत १ हजार १ सय ३८ मत ल्याएर बिजयी भएका हुन् ।
उनले आफ्नो प्रतिस्पर्धी नेकपाका बेद बहादुर अधिकारीलाई १ सय ५२ मतले पछि पार्दै बिजयी भएका हुन् । बस्नेत यसअघिको निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएर कार्यबाहक वडा अध्यक्षको रुपमा काम गरेका थिए ।
प्रकाशित मिति : शनिबार, मंसिर १४, २०७६ |
२३:२७:४३
5655






















