चितवनमा अटो दुर्घटना हुदाँ चारजनाको मृत्यु
प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६ | १९:३५:५०
चितवन , २१ मंसिर।
चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ मा अटो दुर्घटना हुदाँँ चारजनाको ज्यान गएको छ । पूर्वीचितवनको भण्डाराबाट करिब २ किलोमिटर उत्तरतर्फ चेपाङ मार्गमा ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुदाँ चारजनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुईजनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत भएको छैन ।
प्रकाशित मिति : शनिबार, मंसिर २१, २०७६ |
१९:३५:५०
5259






















