अटो दुर्घटनामा मृत्यु भएका पाँच जनामध्य चारजनाको सनाखत (नामावली सहित)
प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६ | २३:४७:२०
चितवन ,२१ मंसिर।
चितवनको राप्ती नगरपालिका वडा नम्बर ५ मा भएको अटो दुर्घटनामा मृत्यु भएका पाँजनामध्य चारजनाको सनाखत भएको छ ।
दुर्घटनामा परि राप्ती नगरपालिका वडा नम्बर ९ निवासी बर्ष २५ की मीना खड्का , अन्दाजी बर्ष ३२ की माया तामाङ , पर्बत जिल्ला कुश्मा नगरपालिका पिपलटारी स्थायी घरभई हाल चितवन खैरहनी न.पा.८ बस्ने बर्ष ४९ को श्याम प्रसाद तिवारी , खैरहनी ९ बस्ने बर्ष ४२ को बिश्वमणी भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै मृत्युभएकी अन्दाजी बर्ष ३५ की एक महिलाको सनाखत हुनसकेको छैन । मतक सबैको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
प्रकाशित मिति : शनिबार, मंसिर २१, २०७६ |
२३:४७:२०
5237






















