वनमौरीको टोकाईबाट चितवनमा एक महिलाको मृत्यु
प्रकाशित मिति: आइतबार, पौष २०, २०७६ | २०:३४:०४
चितवन , २० पुस।
चितवनमा वनमौरीको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर ९ बेलटाँडी निवासी ७६ बर्षिय ठगिया थरुनीको मृत्यु भएको हो ।
दिउँसो आफ्नौ घरमा बसिरहेकी थरुनीलाई वन मौरीको हुल आएर टोकेको थियो । वनमौरीको टोकाईबाट गम्भिर घाइते भएकी थरुनीको नयाँ मेडिकल कलेज भरतपुर उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, पौष २०, २०७६ |
२०:३४:०४
6205
























