कालिखोला नजिक पहिरो खस्यो ,नारायणगढ मुग्लिङ सडक खण्ड अबरुद्ध
प्रकाशित मिति: मंगलबार, माघ ०७, २०७६ | २२:०१:३४
चितवन , ७ माघ।
नारायणगढ मुग्लिङ सडक खण्ड अन्र्तगत कालिखोला नजिक पहिरो खस्दा सडक अबरुद्ध भएको छ । चितवनको इच्छाकामना गाँउपालिका ५ स्थित ३ नम्बर पुल नजिक बेलुका ९ बजेतिर सुख्खा पहिरो खसेको हो ।
सुख्खा पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । पहिरो ठुलो भएकोले सडक सूचारु हुन समय लाग्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, माघ ०७, २०७६ |
२२:०१:३४
4731
























