रुपन्देहीमा तीनवटा ट्रक ठोक्किदा, तीनजनाको मृत्यु
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६ | १३:५४:४८
रुपन्देही,१४ माघ
रुपन्देहीको रोहिणी गाउँपालिकामा आज तीनवटा ट्रक एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा तीजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएको राससले जनाएको छ ।
भैरहवा परासी सडकखण्डमा पर्ने रोहिणी गाउँपालिका–४ सिपागढमा भैरहवादेखि परासीसतर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवातर्फ आउँदै गरेको ना २ ख ७८५६ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए ।
प्रहरी कार्यालय बुटबलका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय लालु कुर्मी, ३० वर्षीय मोबिकन कुर्मी र ३६ वर्षीय पूर्णबहादुर भुजेल रहेका छन् ।
तस्बिरः गजेन्द्र लोनियाको फेसबुकबाट
प्रकाशित मिति : मंगलबार, माघ १४, २०७६ |
१३:५४:४८
5281
























