जेसीजद्वारा राप्तीको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण
प्रकाशित मिति: सोमबार, कार्तिक २४, २०७७ | २२:१३:५१
चितवन , २४ कार्तिक।
पर्सा खैरहनी जेसीजले राप्तीको एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । राप्ती नगरपालिका वडा नम्बर ९ स्थित राष्ट्रिय आधारभुत विद्यालय चित्रकोटका ८० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो । संयुक्त जेसीज कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ५२ दर्जन कपि ,४० दर्जन कलम , टाई , बेल्ट , १ थान फुटबल र २ सेट ब्याडमिन्टन लगायतको सामाग्री प्रदान गरिएको पर्सा खैरहनी जेसीजका अध्यक्ष कबिर श्रेष्ठले जानकारी दिए ।
उक्त अवसरमा पर्सा खैरहनी जेसीजका सह सचिव प्रकाश उप्रेती , गितानगर जेसीजका अध्यक्ष युवराज अधिकारी , रत्ननगर जेसीजका अध्यक्ष प्रदिप अधिकारी ,विद्यालयकी अध्यक्ष बिजया आचार्य , वडा नम्बर ९ का कार्यबाहक वडा अध्यक्ष रामकुमार सुवेदी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रकाशित मिति : सोमबार, कार्तिक २४, २०७७ |
२२:१३:५१
4885


















