संसदबाट एमसीसी पारित हुन्छ : प्रधानमन्त्री ओली
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६ | १४:४५:४०
काठमाडौं,१४ माघ
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै एमसीसी संसदबाट पारित हुने बताएका छन् ।
नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा शुभकामना दिँदै उनले यसै अधिवेशनबाट एमसीसी अनुमोदन गर्नुपर्ने बताए ।
“६, ७ जना प्रधानमन्त्रीदेखि पार हुँदै आएको एमसीसी यसै अधिवेशनमा पारित गर्नुपर्नेछ,” प्रधानमन्त्रीको भनाइ थियो ।
प्रकाशित मिति : मंगलबार, माघ १४, २०७६ |
१४:४५:४०
6029























