देवघाट १ मा महिलाको शव फेला
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६ | १५:१२:४३
चितवन, १४ माघ
भरतपुर महानगरपालिका स्थिीत देवघाट १ मा आज एक महिलाको शव फेला परेको छ ।
देवघाट क्षेत्रको सतनचुली सामुदायिक वनभित्र सडेको अवस्थामा शव फेला परेको हो ।
झन्डै ६० र६५ वर्षीय महिलाको शव फेला परेको र नाम थर खुल्न नसकेको देवघाट प्रहरीले जनाएको छ।
शवको मुचुल्का उठाई भरतपुर अस्पतालमा परिक्षणका लागि पठाइएको छ ।
प्रकाशित मिति : मंगलबार, माघ १४, २०७६ |
१५:१२:४३
4907
























